६ बैशाख २०८१, बिहिबार

कानुन व्यवसायीको आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले कानुनमन्त्रीलाई बोलाए बालुवाटार


दिलेन्द्र प्रसाद बडू

काठमाडौँ । कानुन व्यवसायीको आन्दोलन नरोकिएर थप चर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।

हिजो विहीबार मात्र वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि आज शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।

हिजो वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती कानुन मन्त्रालयमा पुगेर मन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।

उनीहरुले कानुनमन्त्रीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई वाट हटाउन गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !