७ बैशाख २०८१, शुक्रबार

तीन नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिवाट सपथ


तीन नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीवाट सपथ

काठमाडौं । तीन नवनियुक्त प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीवाट सपथ लिएका छन् । राष्ट्रपति भण्डारीले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई नेपालको संविधान धारा १६७ बमोजिम पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।

प्रदेश १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले आज बिहीबार राष्ट्रपति भण्डारीसमक्ष सपथ लिएका हुन् । परियार नेकपा माओवादी केन्द्र, जोशी नेपाली कांग्रेस र खापुङ जनता समाजवादी पार्टीको कोटाबाट प्रदेश प्रमुखमा सिफारिस भएका थिए ।

राष्ट्रपति कार्यालयद्वारा मंगलबार साँझ जारी गरिएको प्रेस विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको थियो ।

यस्तै राष्ट्रपति भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेसँगै सरकारकै सिफारिसमा नयाँ ३ जना प्रदेश प्रमुख पनि नियुक्ति गरेकी छिन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

देउवा सरकारले परियार नेकपा माओवादी केन्द्रको कोटावाट, जोशी नेपाली कांग्रेसको कोटावाट र खापुङ जनता समाजवादी पार्टीको कोटावाट प्रदेश प्रमुखमा सिफारिस भएका थिए ।

तीन नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीवाट सपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !