१४ बैशाख २०८१, शुक्रबार

वामदेवले विज्ञप्ति जारी गर्दै एमसीसी फिर्ता लैजान अमेरिकालाई गरे आग्रह


काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले आज बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले एमसीसी फिर्ता लैजान राम्रो भएको उल्लेख गरेका छन् । उनले एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएकोले फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका हुन् ।

एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताएका हुन् ।

वामदेव विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !