७ बैशाख २०८१, शुक्रबार

सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने तयारी


सत्तारुढ दल

काठमाडौं । सत्तारुढ दलहरुले समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा सरकार सञ्चालनबारे छलफल हुने एक नेताले जानकारी दिए ।

शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी भए पनि त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । हरेक दलबाट ३/३ जना रहने एक नेताले बताए।

सत्तारुढ दलका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !