६ बैशाख २०८१, बिहिबार

एमाले अध्यक्ष ओली ‘फादर अफ द नेशन’ घोषणा


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘फादर अफ द नेशन घोषणा गरिएको छ । अध्यक्ष ओलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वममन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अध्यक्ष ओलीलाई ‘फादर अफ द नेशन’ घोषणा गरेका हुन् ।

नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली कै कारण विश्वमा नेपालको स्वाभिमान उचो भएको बताए ।

मुलुकको विकास र समृद्धिको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्यक्ष ओलीले खेलेको भूमिका ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनमा अबको नेपालको राजनीति दशकैंसम्म रहने दावी गरे ।

उनले भने, ‘नेल्सन मण्डेलालाई दक्षिण अफ्रिकामा ‘फादर अफ नेशन’ भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा ‘फादर अफ द नेशन’ भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनी घोषणा गरिरहेका छन् ।’

नेपालको इतिहासमा हालसम्म तीन पटक सीमा परिवर्तन भएको छ । जसमा पृथ्वी नारायण शाह, जंगबहादुर राणा र त्यसपछि अध्यक्ष ओलीको पालामा मुलुकको गुमेको भुमी फिर्ता ल्याउने ऐतिहासिक काम भएको छ ।

केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नेपालको नयाँ नक्सा जारी गर्दै संसदबाट संविधान नै संशोधन गरी नेपालको निशान छाप समेत परिवर्तन गरेको छ । जसले गर्दा नेपालीको इतिहासमा केपी ओलीको नाम स्वर्ण अक्षरले लेखिने राजनीतिक विश्लेषहरुको भनाइरहेको छ ।

त्यस्तै ओली नेतृत्वको सरकारले भारतीय एकाधिकारको अन्त्य गर्दै चाइनासँग समेत पारबहन सन्धी गरी भुपरिवेष्ठित नेपाललाई भूजडित बनाएको उल्लेख गर्दै नेता बस्नेतले ओलीले संसदको रोष्टममा बसेर ‘सत्य मेव जयते कि सिंह मेव जयते’ रु भनि भारतलाई चुनौति दिनुभएको समेत स्मरण गराए ।

अध्यक्ष ओलीले भुगोलमा नेपाल सानो भएता पनि स्वभिमानमा नेपाल र भारतलगायतका अन्य सम्पूर्ण मुलुकहरुको हैसियत समान रहेको विश्वसामु स्थापीत गराउनुभएको उल्लेख गर्दै नेता बस्नेतले ओली नेतृत्वको सरकारको पालामा परराष्ट्र नीति तथा सम्बन्ध समेत ऐतिहासिक सफलतामा पुगेको उदाहरणसहित प्रस्तुत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !