१८ बैशाख २०८१, मंगलबार

मानुषी बेलायत पढ्न गएको प्रमाणित गर्न ओलीलाई बाबुरामको चुनौती


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराई बेलायत गएको प्रमाणित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

आज आइतबार मात्रै राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए ।

सामाजिक संजाल ट्वीटरमा आज बेलुकी लेख्दै भट्टराईले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय नभएको भन्दै भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काएका हुन् । यसरी एमाले अध्यक्ष ओली र जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईवीच वाणीको शीतयुद्ध शुरु भएको छ ।

साथै भट्टराईले आफ्नी छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९ सालदेखि २०५१ सालसम्म आमा हिसिला यमी छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्किएकोले त्यसयता मानुषी वेलायत गएको प्रमाणित गर्न समेत ओलीलाई चुनौती दिएका हुन् ।

भट्टराईले लेखेका छन्, ‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ बर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको वेला संगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न !’

बाबुराम ट्वीट

यो पनि पढ्नुहोस्

ओलीको बाबुरामलाई प्रश्न- कहाँको आम्दानीले बेलायतमा छोरी पढाउनुभयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !