१२ श्रावण २०८१, शनिबार

ओलीले गणतन्त्र अन्त्य गर्न ज्ञानेन्द्रका मान्छेसँग साँगठगाँठ गरेको प्रचण्डको आरोप


प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेसँग साँगठगाँठ गरिरहेको आरोप लगाएका छन् ।

आज सोमबार काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मान्छेसँग भेटेर आफूलाई गणतन्त्र पटक्कै मन नपरेको र यसलाई अन्त्य गराउने उपायको खोजीमा रहेको बताएको दाबी गरेका हुन् ।

प्रचण्डले भने, ‘केपी ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर भने रे मलाई यो गणचतन्त्र मनै परेको छैन, यसलाई कसरी अन्त्य गराउने होला भनेर भनेको भन्ने मैले सुनेँ।’

प्रचण्डले आफू पहिलोपटक किर्तिपुरवाटै सांसदमा निर्वाचित भएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेकोले कीर्तिपुर आउँदा आफूलाई आफ्नो माइत घर आएजस्तो लाग्ने पनि बताए ।

प्रचण्डले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको खुलासा गरेका छन् । उनले त्यसबेला आफूहरुसँग ७५ प्रतिशत पार्टी पकड रहेको उल्लेख गर्दै ओली नसुध्रिएकाले कारवाही गरेर आफूलाई संसदीय दलको नेता चयन गरिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !