२ मंसिर २०८१, आइतबार

तीन न्यायाधीश जुटे प्रधानन्यायाधीश जबरासँग छलफलमा


सर्वोच्च अदालत

काठमाडौं । प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सर्वोच्च अदालतका तीनजना न्यायाधीश छलफलमा जुटेका छन् । न्यायाधीशहरु अनिल सिन्हा, डा. मनोज शर्मा र सपना प्रधान मल्ल प्रधानन्यायाधीशसँग छलफलमा जुटेका हुन् ।

चौतर्फी विरोधका वावजूद प्रधानन्यायाधीश जबरा आज आइतबार इजलासमा बसेपछि सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले जबरालाई सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा निकालेका हुन् । सर्वोच्चका न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको लागि केही समय दिने निष्कर्ष निकालेको हो ।

आज आइतबार पनि इजलासमा नबसेका न्यायाधीशरुले भोलि सोमबार पनि मुद्दा नहेर्ने भएका छन् । उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् । यसअघि बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु