११ बैशाख २०८१, मंगलबार

ओलीले भने- बिचरो माधव नेपाल कुदेको देखेर माया लाग्छ

माधव नेपाल देश बनाउन होइन, नेता बिगार्न कुदेको ओलीको आरोप


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै ओलीले नेपाल देश बनाउन नभई नेता बिगार्न देशभर कुदेको टिप्पणी गरेका हुन् ।

‘बिचरो माधव नेपाल कुदेको देखेर माया लाग्छ। कहिले पोखरा, कहिले धनकुटा, कहिले बागलुङ कहिले कहाँ। तपाईंहरूलाई किन थाहा छ ? यो एमालेलाई बिगार्न,’ ओलीले भने,’ किन सिध्याउने भन्दा यो साढे तीन वर्ष सरकार चलाउँदा अचम्मै गर्‍यो। कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ। अस्पताल बनेको छ। एमालेले सिध्याउने भो भनेर भतभत् पोल्यो। हाम्रो विकास देखेर हाम्रा विरोधीहरू आत्तिए। एमाले विरोधी भनेको देशविरोधी हो।’

ओलीले कटाक्ष गर्दै भने, “पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन् ।” अलिक दिनसम्म माधव नेपालले भित्तामा प्वाख टागेँर झुक्याउन आफूलाई एमाले भने भन्दै ओलीले अहिले नेपाल एमाले रहेछन कि रहेनछन् देखिएको बताए ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको जवाफ : बालुवाटारमा आफ्नै घरबाट भाँडाकुँडा लगेको थिएँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !