४ बैशाख २०८१, मंगलबार

नेपाली काँग्रेसले पुन: सार्‍यो महाधिवेशनको कार्यतालिका


नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पुन: महाधिवेशनको कार्यतालिका सारेको छ । आज बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको कार्यतालिका सारेको हो ।

यसअघि पनि पटक-पटक महाधिवेशनको कार्यतालिका सार्दै आएको कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्दै आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी मिति तोकेको हो ।

काँग्रेस निर्वाचन समितिका एक सदस्यका अनुसार वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुनेछ भने कात्तिक ३० गते पालिका अधिवेशन र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने भएको छ ।

यसैगरी मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशन गरिने भएको छ । यस्तै मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने भएको छ ।

हिजो मात्र काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठकमै महाधिवेशनको विषयलाईलिएर चर्काचर्की समेत भएको थियो । कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न आज मंगलबार केन्द्रीय निर्वाचन समितिले आह्वान गरेको बैठकमा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलबीच चर्काचर्की भएको थियो ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा देउवाले वरिष्ठ नेता पौडेलमाथि आक्रोशित हुँदै प्रस्तुत भएका थिए । देउवाको सो भनाईलाई प्रतिवाद गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको विधानलाई मानेर महाधिवेशन समयमै गर्न आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !