१३ बैशाख २०८१, बिहिबार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै


भीम आचार्य

विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिँदै छन् । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको शुक्रबारको बैठकमा आचार्यले टेबुल गरेका थिए ।

आज दिउँसो साढे १२ बजे बस्ने संसद् बैठकमा मुख्यमन्त्रीको सो प्रस्तावमाथि छलफल भएर मुख्यमन्त्रीले जवाफ दिएपछि आजै मत विभाजन पनि हुनेछ ।
यसअघि शुक्रबारको बैठकमा छलफल र मुख्यमन्त्रीको जवाफमा अधिक समय लाग्ने देखिएकोले मत विभाजन हुन सकेको थिएन ।

वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले अर्को सरकार गठनका लागि आह्वान गर्नेछन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने अवस्था नरहेका कारण मङ्गलबारसम्म प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने सम्भावना छ ।

भदौ ९ गते एमाले विभाजित भएको भोलिपल्ट तत्कालीन मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि भीम आचार्य एमाले संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !