८ बैशाख २०८१, शनिबार

प्रधानन्यायाधीश राणालाई नेपाल बारले दियो १५ दिने अल्टिमेटम


नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिने अल्टिमेटम दिएको छ । नेपाल बारले विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको हो ।

आज शुक्रबार बसेको बारको आकस्मिक बैठकले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल समेत गर्ने निर्णय गरेको बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल बारले गोला प्रथाबाट मुद्दाहरुको पेशी तोक्ने कार्य सुरु गर्ने कार्यतालिका र प्रतिबद्धता १५ दिनभित्र दिन प्रधानन्यायाधीश राणालाई अल्टिमेटम दिएको हो । बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश जबरालाई १५ दिनको अल्टिमेटम दिएको हो ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले प्रतिवेदन दिएपछि प्रधानन्यायाधीश राणाले कात्तिक १ गतेदेखि गोलाप्रथामा जाने प्रतिबद्धता बारका प्रतिनिधिहरुसँग गरेका थिए।

अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च र जिल्ला अदालतमा मुख्य न्यायाधीशले मुद्दाको पेशी तोक्दै आएका छन् । पेशी तोक्ने कामलाई प्रधानन्यायाधीश/मुख्यन्यायाधीशको स्वविवेकीय अधिकार मानिए पनि त्यसले न्यायमा विकृत ल्याएको ठहर अध्ययन समितिहरुले गरेका छन् ।

‘बेञ्च सपिङ’को विकृति रोक्ने तत्काल गोलाप्रथा र दीर्घकालमा स्वचालित प्रणालीमा जानु पर्ने सुझावप्रति सुरुमा राणा सकारात्मक भए पनि अहिले इच्छुक नदेखिएको सर्वोच्च स्रोतको दाबी छ ।

दसैँअघि भएको एक कार्यक्रममा उनले गोला प्रथा सिफारिस गर्न दिएको सुझावलाई ‘भड्खालोमा हाल्ने काम’ भनि टिप्पणी समेत गरेका थिए । साथै प्रधानन्यायाधीश जबराको राजीनामा नआए उनीमाथि छानविन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन हुनुपर्ने मागका साथ आन्दोलित हुने कानून व्यवसायीहरुको तयारी गरेका छन् ।

प्रधानन्यायाधीश राणालाई नेपाल बारले दियो १५ दिने अल्टिमेटम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !