काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका युवा नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत ३ दिनदेखि आएको ज्वरो नघटेपछि आज अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिएका छन् ।
गुरागाईंले ज्वरो आएपछि केही दिनदेखि उच्च ज्वरोको कारण घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको जानकारी दिए । डाक्टरको सल्लाह वमोजिम ७ दिनसम्म भेटघाट पुर्ण रुपमा वन्द गरिएको पनि उनले बताएका छन् ।