१४ बैशाख २०८१, शुक्रबार

माओवादी स्थायी समिति बैठक : पार्टी सुदृढीकरण विषयमा छलफल


माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

“पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ”, उनले भने । बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उनले जानकारी दिए ।

पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारी सम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उनले बताए । पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उनले प्रष्ट पारे । “बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !