१२ बैशाख २०८१, बुधबार

गृहमन्त्री खाणले गरे एक्कासी सिडिओहरूको सरुवा (सूचीसहित)


बालकृष्ण खाँण

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । आज आइतबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट सिडिओसहित केही कर्मचारीको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयका सहसचिव किरण थापालाई कैलालीको सिडिओको जिम्मेवारी दिइएको छ भने कैलालीका सिडिओ खगेन्द्र रिजाललाई मन्त्रालयमा तानिएको छ ।

यस्तै गृह मन्त्रालयका सहसचिव जगन्नाथ पन्त पाल्पा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सिडिओ बनाएर पठाइएको छ ।

डोल्पाका सिडिओ माधवप्रसाद ढकाललाई विपद् जोखिम प्राधिकरणमा ल्याइएको छ । उनको ठाउँमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीलाई पठाइएको छ ।

त्यस्तै मुस्ताङका सिडिओ श्रीनाथ पौडेलको स्थानमा उपसचिव नेत्र शर्मालाई पठाइएको छ भने पौडेललाई रोल्पा सिडिओको जिम्मेवारी दिइएको छ । अर्घाखाँचीका सिडिओ विष्णु पौडेल मन्त्रालयमा तानिएका छन् भने उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई पठाइएको छ ।

स्याङजाका सिडिओ दीपकराज नेपाललाई गृह मन्त्रालयमा तानिएका छन् भने उपसचिव राजुप्रसाद पौडेललाई स्याङजाको सिडिओ बनाएर पठाइएको छ ।

यस्तो छ हेर्नुहोस् सिडिओहरूको सरुवा (सूचीसहित)

यस्तो छ हेर्नुहोस् सिडिओहरूको सरुवा (सूचीसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !