८ बैशाख २०८१, शनिबार

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी


इन्द्रबहादुर बानियाँ र राजेन्द्र पाण्डे

हेटौडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमतीको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि सत्ता गठबन्धनवीच नै किचलो उत्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएतापनि काँग्रेसले बानियाँले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि किचलो उत्पन्न भएको हो ।

काँग्रेस बागमती प्रदेशको संसदीय दलको आज आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।

सरकार गठनबारे हालसम्म गठबन्धनका दलहरु बीच कुनै औपचारिक छलफल भने नभएको नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकले नेता बानियाँलाई सरकार गठनका लागि गठबन्धनमा आवद्ध दलहरूसँग छलफलको जिम्मेवारी पनि सुम्पिएको छ ।

बागमती दुवै प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको थियो । यो प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने विश्वासको मत लिने तयारी गरिंदैछ ।

हाल बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको एमाले सरकार अल्पमतमा भएकोले विश्वासको मत नपाउने निश्चित जस्तै छ । यसअघि नै एकीकृत समाजवादी पार्टीले राजेन्द्रलाई प्रदेशसभाको संसदीय दलको नेता बनाइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !