८ बैशाख २०८१, शनिबार

मन्त्रिपरिषद विस्तार, यस्तो छ कार्यविभाजन


सत्ता गठबन्धन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका हुन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएको लगभग तीन महिनापछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्ण रुप ग्रहण गरेको हो ।

सत्ता गठबन्धनमा रहेका कांग्रेसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले मन्त्री बन्नेको सूची देउवाले राष्ट्रपति कार्यालयमा पठाएकोले राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बनेकाहरूको आज नै अपरान्ह ४ बजेपछि शपथग्रहणको कार्यक्रम तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !