२६ बैशाख २०८१, बुधबार

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


राजेन्द्र राई र राजेन्द्र पाण्डे

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।

आजै मन्त्रिपरिषदलाई पूर्णता दिन बसेको गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ मा नेकपा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।

प्रदेश नम्बर १ र बागमती दुवै प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको हो । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी गरिएको छ ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको एमाले सरकार अल्पमतमा भएकोले विश्वासको मत नपाउने निश्चित जस्तै छ । यसअघि नै एकीकृत समाजवादी पार्टीले दुवै राजेन्द्रलाई प्रदेशसभाको संसदीय दलको नेता बनाइसकेको छ ।

यो पनि पढ्नुहोस्

देउवा सरकारको मन्त्रिमण्डलले भोलि शुक्रबार पूर्णता पाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !