८ बैशाख २०८१, शनिबार

नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे एक्कासी आत्महत्या


रामाज्ञाप्रसाद चतुर्वेदी

काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेका छन् । चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा निर्माणाधीन घरबाट हामफाल्दा उनको घटनास्थलमै मृत्यु भएको छ । तर उनले आफैंले किन हाम फालेर आत्महत्या गरे भन्ने कारण अझसम्म खुलेको छैन ।

एसपी रमेशकुमार बस्नेतका अनुसार उनले घरको चार तलामाथिबाट उनले हाम फालेका हुन् । साथै नजिकै रहेको सीसी क्यामरामा उनी उक्त घरको माथि गएको र झरेको दुवै कैद भएकोले थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनले डिप्रेसनको औषधी खाईरहेको उनका परिवारले जनाएका छन् ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गरेपछि उनी भ्रष्टाचार सम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !