५ जेष्ठ २०८१, शनिबार

केशरमान रोका रुकुम पूर्वको कांग्रेस सभापतिमा निर्वाचित


केशरमान रोका

रुकुम पूर्व । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन् । रोका निवर्तमान पार्टी सभापति पनि हुन् ।

रोका लुम्बिनी प्रदेशका जिल्लाहरुमा सभापति निर्वाचित हुने पहिलो हुन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

आज शनिबार मात्रै मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । कांग्रेसको १४ औं जारी महाधिवेशन प्रक्रियामा उनी जिल्ला सभापति निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् ।

पूर्वसहायक मन्त्री समेत रहेका रोका र गौचन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक मानिन्छन् । अहिलेसम्म अधिवेशन सकिएका दुई जिल्लामा सभापति निर्वाचित भएका दुबै जना रामचन्द्र पौडेल पक्षका हुन् ।

यो पनि पढ्नुहोस्

रोमी गौचन थकाली मुस्ताङ कांग्रेस जिल्ला सभापतिमा निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !