काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम विधान महाधिवेशनमा ४४ पृष्ठमा समेटिएको प्रतिवेदन आज प्रस्तुत गरेका छन् ।
आज शुक्रबारदेखि गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओली उद्घाटन सत्रमा आफ्नो सम्बोधन भाषण टुंग्याउन नसकेपछि उनको लिखित भाषण शंकर पोखरेलले पढेका थिए ।
ओलीको राजनीतिक प्रतिवेदनमा मुलुकभित्र राजनीतिक अवस्था, अन्तराष्ट्रिय परिस्थिति, पार्टीको भावी कार्यदिशा लगायत समेटिएको छ । संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका हुन् ।
अध्यक्ष ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका छन् । विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताएका छन् ।
अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत आरोप लगाएका छन् । कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड माधवले सुरूदेखि नै षड्यन्त्र गरेर नेकपा विभाजन गरेको आरोप लगाएका हुन् ।
यस्तो छ हेर्नुहोस् राजनीतिक प्रतिवेदन (पूर्णपाठ)