५ जेष्ठ २०८१, शनिबार

गठबन्धनको बैठक बसेर भोलि नै मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष प्रचण्ड


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक बसेर भोलि नै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । अव बन्न लागेका थप नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रले अझसम्म मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ ।

आज बुधबार दिउँसो पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र मन्त्रिपरिषद् विस्तार हुने ‘ब्रिफिङ’ गरेका हुन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री भइसकेका छन् भने बाँकी ३ जना मन्त्री र १ जना राज्यमन्त्रीको थपिनेछन् ।

प्रचण्डले केही कानुनी अड्चनले मन्त्रिपरिषद् विस्तारमा विलम्व भएको बताउदै अव कानुनी अवरोधहरू पनि हट्ने प्रक्रियामा रहेकाले भोलि बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको उनले ब्रिफिङ गरेका हुन् ।

मन्त्रीका विषयमा भने आजको बैठकमा छलफल नभएको एक स्थायी कमिटी सदस्यले बताए । आजको बैठकमा पार्टीको सम्मेलन लगायत विषयमा छलफल भएको उनले बताए ।

ती स्थायी कमिटी सदस्यका अनुसार मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लाग्नेछ । मन्त्रीको नामावली टुंगो लगाउँने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

यो पनि पढ्नुहोस्

माओवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्री छान्ने

यी हुन् माओवादी केन्द्रवाट मन्त्री बन्न लागेका सांसदहरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक किन एकाएक स्थगित भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !