१२ पुस २०८१, शुक्रबार

विदेशीसामू झुक्दैनौं बरु संघर्षमा उत्रिन्छौंः प्रचण्ड


prachanda prachanda

१९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान अपुरो रहेको भनेर आन्तरिक मामिलामाथि जथाभावी टिप्पणी गरी नेपाललाई नहेप्न भारतलाई चेतावनी दिएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानले शुक्रबार ललितपुरमा गरेको विचार गोष्ठीमा एमाओवादी अध्यक्ष प्रचण्डले भारत र अन्य अन्तर्राष्ट्रिय समुदायको हेपाइ नेपाललाई कुनै हालतमा स्वीकार्य नहुने बताए ।

उनले संविधानलाई लिएर मधेसी दलहरुले देखाएको असन्तुष्टि नेपालको आन्तरिक मामिला भएको भन्दै भारत र युरोपियन युनियनलाई संविधानबारे जथाभावी रुपमा वक्तव्यबाजी गरेर प्रश्न उठाउने अधिकार नरहेको प्रष्ट पारे ।

अध्यक्ष प्रचण्डले भारत र युरोपियन युनियनको सम्मेलनले थाँती विषय सम्बोधन गरेर संविधानलाई दीगो बनाउन दिएको सुझावलाई नेपालले गम्भीरतापूर्वक लिएको भन्दै आफूहरु दवाबसामु नझुक्ने बरु संघर्षमा उत्रने दावी गरे ।

एमाओवादी अध्यक्ष दाहालले संविधानमा कुन विषय समावेश गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायले सिफारिस गर्न आवश्यक नरहेको बताए । उनले भने-‘हाम्रो आन्तरिक मामिला समाधानका लागि नेपाल सक्षम छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !