काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् ।
मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्ड बालुवाटार गएका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिसडाँडामा बस्दै छ ।