८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम


मन्त्रिपरिषद विस्तार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई एक-दुई दिनभित्रमा पूर्णता दिने दलहरूबीच सहमति भएको बताइएको छ ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्नेहरूको नाम माग गरेका छन् । सरकार विस्तारमा ढिलाइ भएको भन्दै उनले मन्त्री बन्नेहरूको नाम मागेका हुन् ।

“जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमा छलफल भयो,” एक नेताले भने, “प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम छिट्टो दिनुहोस् भन्नुभयो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !