८ बैशाख २०८१, शनिबार

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, देउवा सरकारलाई खर्च गर्ने बाटो खुल्यो


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले बजेट प्रमाणीकरण गरेसँगै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।

संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नारावाजी र अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेको थियो ।

प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ । देउवा सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।

उक्त विधेयकलाई आज बसेको राष्ट्रियसभा बैठकले पारित गरेपछि र प्रतिनिधिसभा बैठकमा त्यहाँबाट प्राप्त पत्र प्रस्तुत गरिएको थियो । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !