४ बैशाख २०८१, मंगलबार

परराष्ट्रमन्त्री डा. खड्काको शपथ दिउँसो एक बजे, आजै न्युयोर्क जाने तय


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसवाट परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको बुधबार दिउँसो १ शपथ हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालयका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ ।

परराष्ट्रमन्त्री खड्काको पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने तय भएको प्रधानमन्त्री देउवाका सचिवालयले बतायो।

सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !