१३ बैशाख २०८१, बिहिबार

देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल पक्षले बोलायो बैठक


रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाएका छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएपछि पौडेल समूहको बैठक बस्न लागेको हो ।

स्रोतका अनुसार देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएपछि पौडेल पक्ष आन्तरिक छलफल गर्दै छ । देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएकोमा पौडेल पक्ष असन्तुष्ट छन् ।

देउवाले आफू निकट बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्र कार्कीलाई कानुन र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !