४ बैशाख २०८१, मंगलबार

सत्तारुढ गठबन्धनको निर्णय : डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने


डा. नारायण खड्का फाइल फोटो

काठमाडौँ । सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका नेता एवं सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । आज साँझ बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

मन्त्रिपरिषद्को बैठक सकिएलगतै साँझ साढे ६ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बसेको बैठकले सो निर्णय गरेको हो । तर खड्काको सपथ भने भोलि हुने तय भएको छ । यस्तै आज नै अन्य मन्त्रीहरुको पनि टुंगो लाग्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु