१२ आश्विन २०८१, शनिबार

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका पाँच महत्वपूर्ण निर्णयहरु


प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णयहरु महत्वपूर्ण गरेको छ । मन्त्रिपरिषद् बैठकले छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै दुई वटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ संघीय संसदमा पेश गर्ने निर्णय सरकारले गरेको हो ।

त्यस्तै, सल्लीसल्ला–सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।

यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । साथै संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गरेको छ ।

यो पनि पढ्नुहोस्

देउवा सरकारको निर्णय : दुईवटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने

राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने देउवा सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !