८ बैशाख २०८१, शनिबार

एक हप्ताभित्र केन्द्रसँगै प्रदेश सरकारमा सहभागी हुन्छौं : अध्यक्ष माधव नेपाल


माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए ।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले भने, “पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो।”

अध्यक्ष नेपालले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको पनि बताए । उनले भने, “१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !