८ जेष्ठ २०८१, मंगलबार

संविधान दिवसमा विशेष कार्यक्रममा उपराष्ट्रपति अनुपस्थित


संविधान दिवस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सातौँ संविधान दिवसका अवसरमा आइतबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए ।

स्रोतका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन भने समारोहमा अनुपस्थित रहे । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । रंगीचंगी बेलुन र शान्तिका प्रतीक परेवा उडाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !