१३ बैशाख २०८१, बिहिबार

जेठ २ मा फर्किएर अगाडि बढौं : अष्टलक्ष्मी शाक्य


अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले जालझेल आवश्यक नभएको र २०७५ जेठ २ मा फर्किएर अगाडि बढ्न आग्रह गरेका छन्।

मुख्यमन्त्री शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न समेत आग्रह गरेकी छन् । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमाले विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताइन् ।

वौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताइन् । त्यसैले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताइन् ।

“खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं”, शाक्यले भनिन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !