१३ बैशाख २०८१, बिहिबार

प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीको आरोप


टोपबहादुर रायमाझी फाइल फोटो

बुटवल । पुर्व माओबादी तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गरेको बताएका छन्।

नेता रायमाझीले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै त्यसलाई एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे ।

रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा बोल्दै उनले विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको बताएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीले आरोप लगाए । पदका लागि प्रचण्डले पार्टी एकता तोडेको उनको आरोप छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !