८ बैशाख २०८१, शनिबार

एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गर्ने


प्रतिनिधिसभाको बैठक

काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठक पनि अवरोध गर्ने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेले कारवाही गरेका १४ सांसदहरुको सूचना सभामुखले गल्ति सच्याउँदै टाँस गरे सदन अवरोध खुल्ने अन्यथा एमाले पछि नहट्ने प्रमुख सचेतक भट्टराईले बताए । सोमबार सभामुखले सदन खुलाउनका लागि गरेको सर्वदलीय बैठक अनावश्यक भएको उनले बताए ।

स्रोतका अनुसार प्रतिनिधि सभाको बैठकका लागि संभावित २ कार्यसूची तय गरिएको छ । बैठकमा पहिलो कार्यसूची अन्र्तगत अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार भनी प्रस्ताव प्रस्तुत गर्ने र दोश्रो कार्यसूचीमा पूर्व सांसद रुक्म शम्शेर जबराको निधनमा सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !