८ बैशाख २०८१, शनिबार

एमालेसँग सम्वाद गरेर अर्को बैठक राख्न सभामुखलाई दलहरुको सुझाव


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठकमा संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सुझाव दिएका छन् । एमाले उपस्थित भएपछि मात्र बैठक निष्कर्षमा पुग्न सक्ने नेताहरुले बताएका छन् ।

बैठकमा सभामुख सापकोटाले आफूले विहानसम्म पनि प्रयास गरेको, तर एमालेसँग सहमति हुन नसकेको बताए । बैठकपछि एक नेताले संचारकर्मीसंग कुरा गर्दै भने, “जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !