१४ बैशाख २०८१, शुक्रबार

पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको बोलाएको बैठक बस्दै

फेरि बल्झियो काँग्रेसमा विवाद


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको बोलाएको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

विभिन्न जिल्लामा पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता अनियमित ढंगले वितरण गरेपछि काँग्रेसमा फेरि विवाद बल्झिएको हो ।
आज बस्ने बैठकमा क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल हुने पौडेलनिकट एक केन्द्रीय सदस्यले बताए ।

पार्टी सभापति देउवाले सत्ता सञ्चालन र राजनीतिक नियुक्तिमा एकलौटी गरेको भन्दै पौडेल समूह पुन: आक्रोशित भएको हो । अहिले २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद कायमै रहेकोले भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएर असोजसम्म सारिएको छ ।

सभापति देउवाले गृह जिल्ला डडेलधुरामा राज्य शक्तिको दुरुपयोग गर्दै पार्टीको वडा अधिवेशनमा प्रहरी दमन गरेको भन्दै पौडेल समूह रुष्ट भएको हो । पौडेल समूहका एक नेताका अनुसार पार्टी महाधिवेशन, सरकार विस्तारमा भएको ढिलासुस्ती र राजनीतिक शक्ति वाँडफाँटमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गरेको एकलौटी गरेको आरोप लागेको छ ।

यसअघि आइतबार पनि सोही समूहका शिर्ष नेताहरुबीच छलफल भएको थियो । पौडेल निवासमा भएको छलफलमा आफू निकट केन्द्रीय सदस्यहरुसँग परामर्श गरेर मात्र भावी कदम चाल्ने सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !