९ मंसिर २०८१, आइतबार

एमाले स्थायी कमिटी बैठक एकाएक स्थगित


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज शक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोलि शनिबार बिहान ९ बजे बस्ने गरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ९ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा च्यासलमा बैठक बस्नेछ । स्थगनको सूचना आएपछि बैठकस्थलमा पुगेका नेताहरु फर्किएका थिए ।

उनका अनुसार बैठकमा पार्टीको विधान महाधिवेशनका प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी तथा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको छ । एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको एमालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !