११ श्रावण २०८१, शुक्रबार

आज दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै


संसद

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ । आज दिउसो १ बजे दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाइएको हो ।

यसअघि भाद्र २३ गते बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक आजसम्म स्थगित गरेका थिए ।

यस्तै राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को निरन्तर अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगित गर्दै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बैठक आजसम्म स्थगित गरेका थिए ।

यो पनि पढ्नुहोस्

एमालेले लगातार संसद अवरुद्ध गरेपछि बैठक २५ गतेसम्मका लागि स्थगित

राष्ट्रियसभाको दोस्रो बैठक पनि स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !