४ जेष्ठ २०८१, शुक्रबार

नेकपा एकीकृत समाजवादी पार्टीले तोक्यो प्रदेश इन्चार्ज


माधव नेपाल

माधव नेपालको नेतृत्व रहेको नेकपा एकीकृत समाजवादी पार्टीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । समाजवादी पार्टीले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोकिएको छ।

पार्टीले ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ ।

स्थायी समितिमा अध्यक्ष माधव नेपाल, खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ रहेका छन् । नवगठित पार्टीको अध्यक्ष माधव नेपाल रहेका छन् ।

स्रोतका अनुसार केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् । रामकुमारी झाँक्रीका अनुसार प्रदेश इन्चार्जहरुमा प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिए ।

उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल,सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ,मोर्चा इन्चार्ज डा. विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकेको छ ।

दस्तावेज मस्यौदा समितिको संयोजक वरिष्ठ नेता झलनाथ खनाल संयोजक तोकिएका छन् । सदस्यहरुमा क्रमशः डा. बेदुराम भुसाल,प्रमेश हमाल,राजेन्द्र पाण्डे,गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला,जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल,रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !