४ जेष्ठ २०८१, शुक्रबार

पार्टीमा चरम विवाद भएपछि अन्तत: पीपीएलएको भेलामा गएनन् ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । पार्टीमा चरम विवाद भएपछि अन्तत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए) को भेलामा नजाने भएका छन् ।

यसअघि आज बिहान मात्र नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले (पीपीएलए) को भेला रोक्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । २०७५ साल जेठ २ गते अगाडि पीपीएलएको इन्चार्ज आफू भएकोले १० बुँदे सहमति अनुसार पार्टी अगाडि बढ्न सो भेला रोक्नुपर्ने पन्तले सुझाव दिएका हुन् ।

गत भदौ ८ गते भएको १० बुँदे सहमति अनुसार एमालेको सम्पूर्ण पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गर्ने निर्णय भएको थियो । ललितपुरको च्यासलमा आज शुक्रबार २ बजेपछि हुने भेलामा ओलीलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !