४ असार २०८१, मंगलबार

मन्त्रिपरिषद् विस्तारका विषयमा भदौ २३ गतेसम्म कसैले पनि चुईक्क बोल्दैन : माधव नेपाल


माधव नेपाल

काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारका विषयमा भदौ २३ गतेसम्म त कसैले पनि चुईक्क नबोल्ने स्पष्ट पारेका छन् ।

आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा पत्रकारहरूले राखेका प्रश्नको जवाफ दिने क्रममा उनले भदौं २३ गते अघि मन्त्रीपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका हुन् ।

सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रीपरिषद्ले पूर्णता पाउन नसकेको चर्चा भईरहँदा अध्यक्ष नेताले मन्त्रीपरिषद् विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए ।

उनले भने, ‘मन्त्रिपरिषद विस्तारका विषयमा २२/२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन । त्यस बारेमा अहिले केही चर्चा हुँदैछ । हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं ।’

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताए । बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवालाई सकस : मालदार मन्त्रालयमा माधवको दावीमा उपेन्द्रको आपत्ति

देउवाले मन्त्रिपरिषद् विस्तार नगर्दा गठबन्धनका नेताहरु नै असन्तुष्टि

माधव नेपालको नयाँ दलले मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने देउवाको निर्णय

प्रचण्डले भने- माधव नेपालको पार्टी सनाखत हुनासाथ मन्त्रिपरिषद् विस्तार हुन्छ

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालवीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तारको तयारी

भागबन्डामै अड्कियो मन्त्रिपरिषद् विस्तार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु