४ जेष्ठ २०८१, शुक्रबार

वाइसिएलले केन्द्रीय समिति घोषणा गर्ने


वाइसिएल

काठमाडौं । माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।

राष्ट्रिय भेलाको जारी बन्दसत्रबाट अध्यक्ष विना नै केन्द्रीय समिति घोषणा गर्ने तयारी भएको स्रोतले बतायो। सोही समितिले पछि पदाधिकारी चयन गर्ने स्रोतले बतायो ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएपछि सहमति जुटाउने प्रयास छ । सहमतिका लागि मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए । ‘छलफलमा अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !