काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको अभिव्यक्तिप्रति जनाए कडा आपत्ति जनाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै थापाले नेपालले आजसम्म नेपालको कुनै पनि संविधानमा ‘हिन्दु’ लेखिएको छैन भनेर सरासर भ्रम छर्ने प्रयास गरेकोमा कडा प्रतिवाद गरेका हुन् ।
उनले माधव नेपालको त्यो अज्ञान वा पुर्वाग्रह वा थाहा नभएको विषयमा नबोल्न आग्रह गर्दै नेपालको जानकारी र भ्रम निराकरण गर्न २०१९ र २०४७ सालको संविधानको अंश प्रेषित छ भन्दै ती संविधानमा उल्लेख भएको हिन्दु शब्दको अंश पनि राखेका छन् ।
माधवले नेपालमा आजसम्म कुनै पनि समुदायमा हिन्दु धर्म लेखेकै थिएन ” र रहनेपनि छैन भनेका थिए । तर थापाले नेपालको धार्मिक स्वतन्त्रता र समानता सम्बन्धि धारणाको सम्मान गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘माधवजी,तपाईंको धार्मिक स्वतन्त्रता र समानता सम्बन्धि धारणाको सम्मान गर्दछु।तर,नेपालको कुनै संविधानमा ‘हिन्दु’ लेखिएको छैन भनेर सरासर भ्रम छर्ने प्रयास गर्नु भएको छ।त्यो अज्ञान हो वा पुर्वाग्रह हो,थाहा छैन।तपाईंको जानकारी र भ्रम निराकरण गर्न २०१९ र ४७ सालको संविधानको अंश प्रेषित छ ।’
माधवजी,तपाईंको धार्मिक स्वतन्त्रता र समानता सम्बन्धि धारणाको सम्मान गर्दछु।तर,नेपालको कुनै संविधानमा 'हिन्दु' लेखिएको छैन भनेर सरासर भ्रम छर्ने प्रयास गर्नु भएको छ।त्यो अज्ञान हो वा पुर्वाग्रह हो,थाहा छैन।तपाईंको जानकारी र भ्रम निराकरण गर्न २०१९ र ४७ सालको संविधानको अंश प्रेषित छ https://t.co/XF0jN3H7jp pic.twitter.com/KIzyLRSluy
— Kamal Thapa (@KTnepal) August 30, 2021