काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्बसम्मत चयन भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई दलको नेतामा चयन गरेको हो ।
यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् भने अरु पदाधिकारीहरु भने पछि चयन हुने बताइएको छ ।
आज बसेको संसदीय दलको बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । उक्त समितिमा भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सदस्यहरु रहेका छन् ।
देउवा सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गरेको हो । नेता नेपालको उक्त पार्टीमा ३० जना सांसदहरु रहेका छन् । छिट्टै सरकारमा जाने उक्त पार्टीको तयारीमा छ ।
यो पनि पढ्नुहोस्