३० कार्तिक २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री केसीले प्रदेशसभावाट पाए विश्वासको मत


लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी

बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभावाट विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएको घोषणा गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अनुपस्थितीमै आज सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ भने १ मत भने तटस्थ देखिएको छ ।

लुम्बिनी प्रदेशसभामा रहेका ८० जना सांसदहरुमध्ये आजको बैठकमा सभामुख घर्तीबाहेक ४३ जना उपस्थित भएका थिए भने एमालेका ३७ जना सांसदहरू अनुपस्थित भएका थिए । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदहरु अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।

मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका थिए । तर प्रतिपक्ष नेकपा एमालेले सदन बहिस्कार गरेका कारण पार्टीका ‍‍‍‍‍‍३७ सांसद मत विभाजनमा उपस्थित भएनन् ।

मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९ जना, नेकपा (माओवादी केन्द्र) का १८ जना, जनता समाजवादी पार्टी (जसपा) का ३ जना, राष्ट्रिय जनमोर्चाका १ जना र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ जना सांसदले मत दिएका हुन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्रीले ल्याए ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ को नारा

लुम्बिनीमा प्रतिपक्ष एमालेको अनुपस्थितिमै मुख्यमन्त्री केसीले मागे विश्वासको मत

एमाले विरोधका बाबजुद लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !