१२ श्रावण २०८१, शनिबार

सभामुख सापकोटाप्रति ओलीको आक्रोश : संसद चलाउनु छ कि छैन ?


केपी ओली र अग्नि सापकोटा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चलाउनु छ कि छैन उहाँलाई ? भन्दै सभामुख अग्नि सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् ।

आज बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरे सभामुख सापकोटालाई काम गर्न नदिने चेतावनी दिएका हुन् ।

ओलीले सभामुख अग्नि सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने बताएका छन् । ओलीले सभामुखले माओवादी कार्यकर्ता भएर एमाले फुटाउने षड्यन्त्रमा सामेल भएको आरोप समेत लगाएका छन् ।

एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे । गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे ।

आजै मात्र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदहरुले सभामुख सापकोटासँग भेटेर माधव नेपाल लगायत १४ सांसदलाई कारवाही गरिएको सूचना टाँस नभएको विषयमा जिज्ञासा राखेका थिए ।

यो पनि पढ्नुहोस्

पार्टी फुटेपछि ओलीले भने- एमाले फुटेको होइन, टुक्रिएको हो

एमालेवाट नेपाल चोइटिएपछि ओलीले भने- बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो

देशभर हाम्रो पार्टीको बहुमतको सरकार छ : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !