१२ श्रावण २०८१, शनिबार

एमालेवाट नेपाल चोइटिएपछि ओलीले भने- बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी तागतले एमालेबाट चुँडाएको टिप्पणी गरेका छन् । एमालेवाट नेपाल चोइटिएर गएपछि ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

ओलीले बाहिरी शक्तिले नेपाललाई एमाले छोड्न बाध्य पारेको स्पष्ट पारेका हुन् । एमाले विभाजन भएपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको गुनासो समेत गरेका छन् ।

ओलीले एमाले विभाजित भएको नभएर चोइटिएको बताए । उनले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए ।

पार्टीबाट केही व्यक्तिहरु बाहिरिनुलाई विभाजन भन्न नमिल्ने उनको भनाइ छ । उनले एमालेलाई हात्तिको संज्ञा दिँदै अलिअलि दुब्लाउँदैमा फरक नपर्ने टिप्पणी गरे ।

यो पनि पढ्नुहोस्

देशभर हाम्रो पार्टीको बहुमतको सरकार छ : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !