१२ श्रावण २०८१, शनिबार

देशभर हाम्रो पार्टीको बहुमतको सरकार छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको दावी गरेका छन् ।

बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए ।

प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै उनले आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

“मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ”, उनले भने ।

उनले आफूहरु अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेको र देशको विकास मात्रै एमालेको अर्जुन दृष्टि रहेको बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !