१२ श्रावण २०८१, शनिबार

नेपालले नयाँ पार्टी खोलेपछि ओलीले भने- एमाले फुटेको होइन, टुक्रिएको हो


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई टुक्रिएको मात्र बताएका छन् । आज बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै ओलीले केही मानिस मात्र अलग भएको स्पष्ट पारेका हुन् ।

अकारण पार्टी फुटाइएको भन्दै ओलीले यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए । उनले माधव नेपाललाई बाहिरी तागतले एमालेबाट चुँडाएको टिप्पणी गरेका छन् । एमालेवाट नेपाल चोइटिएर गएपछि ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

ओलीले बाहिरी शक्तिले नेपाललाई एमाले छोड्न बाध्य पारेको स्पष्ट पारेका हुन् । एमाले विभाजन भएपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको गुनासो समेत गरेका छन् ।

पार्टीबाट केही व्यक्तिहरु बाहिरिनुलाई विभाजन भन्न नमिल्ने उनको भनाइ छ । उनले एमालेलाई हात्तिको संज्ञा दिँदै अलिअलि दुब्लाउँदैमा फरक नपर्ने टिप्पणी गरे । उनले माधव नेपालले विपक्षीसँग मिलेर घात गरेको कुरा चस्मा नलगाइकन खाली आँखाले देख्न सकिने बताए ।

यो पनि पढ्नुहोस्

एमालेवाट नेपाल चोइटिएपछि ओलीले भने- बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो

देशभर हाम्रो पार्टीको बहुमतको सरकार छ : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !